Pashupati Academy

Message from Board Member

Kalpana Poudel

कल्पना देवी पौडेल, Board Member

समस्त शुभेच्छुक आदरणीय अभिभावक प्यारा विद्यार्थी,
परिवर्तनशील यो विश्व बजारलाई नेतृत्व दिन हरेक बालबालिकालाई सक्षम ,सबल र असल बनाउनु अति महत्त्वपूर्ण हुन्छ।

प्रविधिलाई प्रयोग गर्न सक्ने परिवारलाई सम्मान गर्न सक्ने र समाजलाई सम्बोधन गर्न सक्ने गुणस्तरीय शिक्षा को मुख्य आधार का लागि हामी समर्पित छौँ।
हरेक बालबालिकामा फरक र उच्चशक्ति हुन्छ।
त्यो फरकतालाई सहज रूपले व्यवस्थापन गरी उसलाई विश्व बजारको कमान्डर बन्न सक्ने गरी मेरुदण्ड तयार गर्न हामी स्तरीय गतिमा अग्रसर छौँ।
समाजका हाम्रा हरेक बालबालिका भविष्यका हाम्रा अतुलनीय स्रोत र संरक्षक हुन्।
यस विश्वासलाई हुनेगरी नैतिकता का साथमा गुणस्तरीय शिक्षा दिन हामी पूर्ण रूपले सचेत र सबल छौं।।
अनुभवी शिक्षकहरू, योग्य प्रशासक र समर्पित कर्मचारी का कारण हामी कहीँ कतै अलमलिनुपर्ने मा छैनौ।
हामी बालबालिकालाई आफ्नो परम्परा ,सामाजिक सद्भाव, राष्ट्रिय भावना र अन्तर्राष्ट्रिय व्यवस्थापनलाई हेर्न सक्ने बन्नुपर्छ भन्नेमा स्पष्ट मार्गचित्र प्रदान गर्दछौँ।
अतस् यस क्षेत्रको शिक्षाको मेरुदण्डको रूपमा आफूलाई अब्बल साबित गर्दै रजत जयन्ती वर्ष मनाइसकेको पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालय यस क्षेत्रको शैक्षिक मार्गदर्शक समेत मान्न सकिन्छ। देशको मेरुदण्ड र विश्वको प्रविधि दुईटैलाई सजिलै व्यवस्थापन गर्ने क्षमता हरेक बालबालिकामा विकास गर्नु हाम्रो योजना र मार्गदर्शनमा पर्दछ।
यस अवसरमा हामी सम्पूर्ण शुभेच्छुक र प्रविधिमैत्री मित्रहरूलाई विद्यालयको उचाइमा तपाईंको योगदानको सम्मान समेत व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समर्पित पशुपति एकाडेमी विश्वस्तरीय शिक्षालाई कसरी ग्रामीण भेगसम्म पुर्याउने भन्नेमा दत्त चित्त छ।
योजना, दृष्टिकोण र गति सँगै अगाडि बढाउने विद्यालयमा भौतिक तारा शैक्षिक गुणस्तरीयता का लागि छलाङ मार्दै अग्रसर हुनेमा हामी र हाम्रो प्रशासन विश्वस्त छ। तपाईँहरूको थप प्रेम र सद्भाव बढिरहोस् हृदयदेखि स्वागत तथा सम्मान समेत व्यक्त गर्दछु।
धन्यवाद।
– कल्पना देवी पौडेल

Scroll to Top